Newly appointed minister  Gagan thapa speaks about health ministry of Nepal

Newly appointed minister Gagan thapa speaks about health ministry of Nepal

Kantipur TV HD

8 лет назад

11,937 Просмотров

Ссылки и html тэги не поддерживаются


Комментарии:

@dineshshrestha5978
@dineshshrestha5978 - 26.08.2016 21:09

To -gagan thapa ....यो हजुर्को भागए परिक्छ्या हो! एती क्रन्तिकारी र राम्रो काम गर्नु कि सबै जनताले वा वा भनुन ।रात दिन नभनेर नया नया उत्कृष्ट काम गर्नुस ।गो बिन्द के सि को माग पुरा गर्ने गरी काम गर्नुस ।जनता क्लिनिक देश भरी खोल्नुस्, नक्ली dactor लाई कार्बाहि, तथा गुदस्तरिए औषधी को लागी पहल गर्नुस्,नेपाल को जदिबुती को प्रयोग गरौनुस ।हरेक महिना मैले यो यो गरे भनेर टिभी मा लाईभ प्रोग्राम गरेर देखौनुस ।अरु पनि गर्नुस ।एदी भएन भने पोलिटिकस बाट सन्यास लिनुस । सफलता को कामना ? ? ?

Ответить
@nvnakarmi
@nvnakarmi - 09.09.2016 14:24

गगन थापामाथि प्रश्नः रामवरणको उपचार खर्च र विजयको आत्महत्या
श्रीप्रसाद देवकोटा/दिनेश शर्मा पौडेल
20
प्रतिक्रिया
मिर्गौलाको उपचार गराइरहेका १९ वर्षीय विजय खड्काले मंगलबार बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जको तेस्रो तलाबाट हाम फालेर खर्चिलो उपचारभन्दा मृत्यु रोजे । महंगो उपचार खर्च र परिवारको कमजोर आर्थिक अवस्था बिजयको आत्महत्याको मूल जड थियो । उनको नाम विजय थियो । तर, उनले वीच जिन्दगीबाटैै पराजयको बाटो रोजे । आफन्तसँग माफी मागेर सधैंका लागि बिदा भएका छन् विजय खड्का ।

Sree-devkota-and-dinesh-pouजतिसुकै ऋण लागे पनि छोरो निको बनाउने आशामा काठमाण्डौमा बिजय की आमा र दाजु मिर्गौला प्रत्यारोपणका लागि पैसाको जोहो गर्दै थिए । बिजय की आमा आफ्नो छोराको जीवनका लागि आˆनो मिर्गौला दिन तयार थिइन् । तर, भन्ने बित्तिकै प्रत्यारोपण गर्न सकिँदैनथ्यो । मिर्गौला दान गर्ने व्यक्तिको पनि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्थ्यो । जसका लागि पनि धेरै खर्च र केही समय लाग्ने रहेछ । विजयको उपचारमा रकम थपिँदै गयो ।

आˆनो उपचारका लागि बा-आमा र दाजुले ऋण खोजेर पैसा जुटाउनुपरेको बाध्यता विजयलाई पनि थाहा थियो । विजयप्रति परिवारजति चिन्तित थियो, त्योभन्दा बढी चिन्ताचाहिँ विजयलाई परिवारमा थपिने ऋणको बोझ थियो । त्यसपछि उनले मन थाम्न सकेनन् । गरीबलाई दोष दिँदै अन्ततः विजय अल्पआयुमै जिन्दगीबाट हार खाएर संसारबाट बिदा भए । हामी यसलाई आत्महत्या मान्न सक्दैनौं, यो हत्या हो । अनि हत्याका योजनाकारहरु यिनै नेताहरु हुन् । अनि यिनै नेताहरुले जन्माएको गरिबी मुख्य कारण हो ।

विजयले सरकारको स्वाथ्यनीतिमाथि प्रश्न उठाएर गएका छन् कि यो आत्महत्या यही सरकारले गराउन बाध्य गरेको हो । सबैलाई थाहा छ, हुनेखाने र नेताहरुले हरेक वर्ष राज्यको ढुकुटीबाट हरेक बर्ष करोडौं रकम उपचार खर्च भन्दै लिइरहेका छन् । आˆनै खर्चमा उपचार गर्न सम्भव भएकाहरुलाई सरकारले उपचार खर्च बाँड्छ । सरकारले दिएको रकम खर्चको कुनै हिसाब हुँदैन, जसरी खर्च गरे पनि भयो । विभिन्न वाहनामा उपचार खर्च पुगेन भन्दै सरकारसँग थप सहयोग माग गर्छन् ।अनि सरकारले पनि उनीहरुलाई तुरुन्तै रकम थप गर्ने निर्णय गर्छ । स्वदेशमा नै हुने उपचारहरु पनि राज्यको ढुकुटी लुटेर विदेश पुग्छन् ।

नेता, पहुँचवाला र हुनेखानेलाई मात्र सरकारी सहयोग छ । गरिब र विपन्न परिवारहरुलाई सहुलियत नामको झञ्झटिलो प्रकिया छ । विजय जस्तै कैयौं विपन्न परिवारहरु सामान्य बिरामी हुँदा मर्नु परेको छ । हुने खानेले त आˆनै खर्चमा उपचार गर्न सक्छन्, हुँदा खानेलाई पो सरकारले सहयोग दिनुपर्ने हो’ तर हाम्रो राज्यको सहयोगको नीति नियम र सञ्चालन नेता र हुनेखानेको पहुँचमा छ ।

पुस्ताको हिसाबले एउटा प्रतिनिधि नेता तपाईं (गगन थापा, स्वास्थ्य मन्त्री) धेरै जान्नुहुन्छ, बुझ्नुहुन्छ, र त्यो भन्दा पनि धेरै राम्रो बोल्नुहुन्छ । समकालीन मुद्दाहरुमा फरक बिचार प्रस्तुत गरी लोकपि्रयता चाहने तपाईको हिजोदेखिकै प्रवृत्ति हो । त्रिचन्ऽ कलेजदेखि सिंहदरबारको सिंहासनसम्म तपाईको तर्कको धरातल, बिचार शक्तिको पदचाप छ जस्तो लाग्छ । कतै गणतन्त्रवादी बनेर त कतै गोविन्द केसीको आन्दोलनलाई समर्थन गरेर जनतामा केहि प्रभाव छर्न पनि सफल हुनुभएको छ । तपाईं लोकपि्रयता जगाउने कलामा माहिर हुनुन्छ । तर, तपाईं अहिले जुन मन्त्रालयको सिंहासनमा हुनुहुन्छ, प्रारम्भ हेर्दा लाग्दैछ तपाईंको अबतार तीब्र रुपमा गगनबाट खुम्चिदै गनगनतर्फ स्खलित हुन लर्खराई रहेकोछ । राजनीतिबाट माथि उठेर काम गर्ने प्रतिवद्धता र वर्तमान घटनाक्रमले तपाईंको मात्रै होइन, तपाईले भनेको पुस्ताको प्रतिनिधित्वको यक्ष सबालको पनि खिल्ली भै रहेछ ।

मन्त्री भएलगत्तै माला नखोली रामवरण यादवप्रति देखाएको सदासयताले तपाईं जुन विवादमा तानिनुभयो, त्यो आवश्यक थियो या लहड या मनोमानी ? यसमा आˆनै बुझाइ रहलान् । यद्यपि अस्तिमात्र मृगौला पीडित बिजय खड्काको “आत्महत्या “ले तपाईंलाई लज्जाबोध हुनुपर्ने होईन र ? यस्ता घटना घटनु र बुझ्नु फरक कुरा हो या होईन ? विजयको त्यो आत्महत्या हो या आत्मदाह ? दुखित छु भनेर उम्किने ठाउँमा हुनुन्छ तपाई ? यो घटनालाई आˆनो गरीबिबाट आत्तिएर गरेको आत्महत्या मात्र बुझ्ने कि, बिभेदपूर्ण राज्यविरुद्धको आत्मदाह ? त्यो कायरता थियो कि चुनौती ? बाँच्न पाउने अधिकारको प्रत्याभूतिका निम्तिको आत्मदाह बुझ्ने हो कि एउटा कायरताको दुःखद अन्त्य ? हामी कसरी बुझ्छौ ? रुपान्तरण गरेर बुझ्ने कि, अन्तसस्करणको मर्म पक्रेर बुझ्ने ? यसलाई सबाल ठान्ने वा बबाल ठान्ने?

अस्पताल प्रशाशन र लापरबाहीको विरुद्धमा बरन्डामा जुसको प्रतिक्षा गर्ने गराउने बिषय यी पनि हुन् कि होइनन् ? मन्त्रीज्युको उचाइ विशिष्टहरुको आलिशान बंगलाको गगनमा नापिन्छ कि हजारौं बिजय जस्ताहरुको बस्तीमा पनि उजागर हुन्छ ?

मन्त्रीज्यु, जीवन जीउन पाउने आधिकारको प्रत्याभूति गराउने दायित्वबोध नगर्ने राज्यले थप सुबिधा प्रदान गर्ने लालचा देखाउँदा लान्छना नपाए पुष्पवृष्टि हुन्छ त ? राज्यको सामन्य सिद्धांत अनुसार अधिकार प्रधान कुरा हो कि भीआईपीलाई सुविधा ? के यही हो सामाजिक न्याय ? यो गणतन्त्र हो कि गगनतन्त्र ? दिनहुँ गरीवहरु कुकुर मरेजस्तो मरेको र ठालुहरूले राज्यकोष दोहन गरेको समाचार कति सुन्ने? जनताको स्वास्थ्य सेवामा पुर्ण पहुँचको अधिकार प्रत्याभुत नहुन्जेल सुविधाका नाममा मनोमानी गर्ने परम्परा रोक्न सकिएन भने ललिते भाषण जसको सुने पनि पञ्चकै हो, आखिर व्यबस्था फेरिए पनि प्रवृत्ति फेरिएको छैन । आकाश विभाजित छ -एकातिर रामवरणहरुको सुविधाको गगन र अर्कोतर्फ बिजय खडकाहरुको आवश्यकताको गगन । एकातर्फ पहुँच र शक्तिको मेघ गर्जिरहेछ, त अर्को तर्फ जीवनको आशा हराएका विजयहरुको परमधाम ।

२०७३ भदौ २३ गते १०:२३ मा प्रकाशित

Ответить
@routineofpokhara7068
@routineofpokhara7068 - 17.12.2021 08:27

गगन दाइ ,बिश्व दाइ!
No if No but!!
किन्तु परन्तु केही पनि चल्दैन ! अब बोल्ने हैन गर्ने ठाउँ मा पुग्नु भो!
तपाइँ हरु को यो जित पार्टी का सिमित कार्यकर्ता को लागि जित हैन !
यो देश का प्रत्येक नागरिक को सपना जोडिएको छ! खाडी को चर्को घाम मा बेल्चा चलाइरहेको युवक तपाइँ को जित ले हर्सित भएरहेको छ किन र के का लागि तपाईं हरु बुझ्नुस !! समुन्नत नेपाल , सम्मानित नेपाली बनाउने यो महाअभियान मा तपाईं हरु को यात्रा छिट्टै सफल होस शुभकामना !!

Ответить